नियम २७
मेशिन तथा उपकरण सम्बन्धी व्यवस्था
(१) क्यासिनोमा प्रयोग हुने टेवल, मेशिन, क्वाइन, चिप्स, कम्प्यूटर सप्mटवेयर समेतका सबै उपकरणहरु अन्तर्राष्ट्रिय मापदण्ड
अनुरुपको हुनु पर्नेछ ।
(२) इजाजतपत्र प्राप्त कम्पनीले क्यासिनोको टेबुल, मेशिन, क्वाइन, चिप्स, कम्प्यूटर सप्टवेयर समेतका उपकरण सञ्चालन सम्बन्धी कार्यविधि (स्टायाण्डर्ड अपरेशन प्रोसुड्युर) बनाई लागू गराउनु पर्नेछ ।
(३) इजाजतपत्र प्राप्त कम्पनीले क्यासिनोमा प्रयोग गर्न आयात गरेको मेशिन र उपकरणको विवरण मन्त्रालयलाई उपलब्ध गराउनु पर्नेछ र त्यस्ता मेशिन र उपकरण पुराना भई नया“ जडान गर्नु पर्दा समेत मन्त्रालयको पूर्व स्वीकृति लिनु पर्नेछ ।